ज्येष्ठ नागरिकलाई सापकोटाद्वारा सम्मान

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका–२०, मनिकापुरमा ज्येष्ठ नागरिकलाई सम्मान एवम् न्यानो टोपी वितरण गरिएको छ ।

स्थानीय समाजसेवी नवराज सापकोटाले व्यक्तिगत खर्चमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सम्मान एवम् टोपी वितरण गरेका हुन् ।

शनिशार मनिकापुरमा रहेको पशुपति मन्दिर परिषरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर सापकोटाले एक सय बढी वृद्ध, वृद्धालाई सम्मानसहित टोपी वितरण गरेका हुन् । साविका मनिकापुर गाविसका पूर्व अध्यक्ष पदम अर्यालको वृृद्धलाई टोपी लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो ।
सापकोटा आफूले आफ्नो पेन्सनबाट आउने रकमबाट वृद्ध, वृद्धालाई टोपी वितरण गरेको बताउँछन् ।

सापकोटाले यसअघिपनि आफ्नै खर्चमा विभिन्न सामाजिक कार्य सम्पन्न गरिसकेका छन् । सापकोटाले २०७५ सालदेखि विभिन्न असाय, असक्त, बालाबालिका तथा अपांगता भएका व्यक्तिलाई आफ्नै खर्चमा सहयोग गर्दै आई रहेका हुन् ।

उनले २०७५ असोजमा ५५ घरधुरीलाई खाद्य सामान वितरण गरेका थिए । त्यस्तै सापकोटाले २०७५ चैतमा वडाभित्र रहको प्रत्येक सरकारी विद्यालयका अति विपन्न छात्र, छात्रालाई ड्रेस, २०७६ भदौमा ५५ ज्येष्ठ नागरिकलाई चिकित्सिकसहित केदारेश्वर तथा टीकापुर भ्रमण, २०७६ पुसमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, २०७६ माघमा एक सय ५० ज्येष्ठ नागरिकलाई कपडा वितरण, २०७७ बैशाखमा स्थानीयको सहयोगमा एक सय घरधुीलाई खाद्यान्न वितरण, २०७७ भाघ महिनामा एक सय ५० जना वृद्ध, वृद्धालाई कपडा तथा अपांगता भएका व्यक्तिलाई ब्यांकेटलगायत वितरण गरिसकेका छन् ।

सापकोटा समाजसेवाका नाममा संस्था दर्ता गरेर राजनीतिक क्रियाकलाप बढी हुने भएकाले आफूले व्यक्तिगत नै सामान वितरण गर्ने गरेको बताउँछन् ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकले बालबच्चालाई उनीहरुका लागि धनसम्पत्ति भन्दा संस्कार सिकाउनु पर्ने बताए । उनीहरुले समाजका हरेक व्यक्तिले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु पर्छ भन्ने पाठ सिक्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *