नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो।
देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्
यस्तै ३५० जना संक्रमणबाट मुक्त भएका छन्।
काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।