छात्रा बलात्कार आरोपी शिक्षक, पार्ट टाईम टिचर मात्र थिए, नेपालगन्ज टेक्निकल कलेज

मुख्य खबर

नेपालगन्ज :  १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय शिक्षक हिम्कत रावल नेपालगन्ज टेक्निकल  कलेजका सन्चालक तथा प्रीन्सिपल  नरहेको नेपालगन्ज टेक्निकल कलेजले  स्पष्ट पारेको छ ।

कलेजले एक बिज्ञप्ती जारी गरी विभिन्न सन्चार माध्यममा शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजको संचालक तथा प्रीन्सिपल भन्दै समाचार सम्प्रेषण भइरहेको भन्दै स्पष्ट पारेको हो ।

उक्त घटनाका आरोपीत शिक्षक नेपालगंजमा विभिन्न कलेजहरुमा जस्तै आफ्नो कलेजमा पनी पिरीययड बेसिस भुत्तानी पाउने गरी ( पार्ट टाईम टिचर) मात्र भएको स्पस्ट पारेको छ ।

कलेजले अगाडी भनेको छ, हामी सत्यतथ्य, न्याय मा विश्वास गर्ने भएकाले यस घटनामा प्रहरी प्रशासनबाट अनुसन्धान भइरहेको अवस्थामा दोषि माथि कडा कारबाही होस भन्न चाहन्छौ साथै यस घटनामा उक्त शिक्षक यस कलेज बाट पक्राउ परेको दिनमा मात्र यस कलेजलाई जानकारीमा आएकाले हामीले उक्त घटनालाई सम्बेदनसिल रूपमा लिई संलग्न शिक्षकलाई तुरुन्त निस्कासन गरी कारबाही गरी सकिएको व्यहोरा सम्बन्धी सबैलाई जानकारी गराउदछौ र हामी संग अब उपरान्त सो शिक्षक संग कुनै पनि किसिमको सम्बन्ध नरहेको कुरा जानकारी गराउदछौ ।हेर्नुस् कलेजले निकालेको बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *