नेता होइन, कुन चोर आए भन्छन्छन, गाउँमा कार्यक्रम हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन

मुख्य खबर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको अवस्था आएको बताएका छन्।

कांग्रेसको १४ ‍औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्।

अहिले गाउँ-गाउँमा कार्यक्रम हुँदा कुन नेता आउने भन्दा पनि कुन चाहिँ चोर आएछ भन्ने अवस्था आएको उनले बताए।

‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। गाउँमा कुनै कार्यक्रम हुँदा नेता आउँदै हुनुहुन्छ भन्दाखेरी कुन नेता होइन कुन चाहिँ चोर आएछ भन्ने अवस्था छ’, उनले भने।

त्यसैले नेताहरूले महाधिवेशन वैधानिकतामात्र नभएर छवि सुधार्न पहल गर्नुपर्ने उनले सुझाए।

देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देेखिएको भन्दै जनताको विश्वास जित्नमा अग्रसर हुनुपर्नेमा उनको जोड छ।

‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा दीपबाट बाहिर गएको देेखिन्छ। संसद संसदजस्तो छैन अदालत जस्तो छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *