१९ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । वृद्धिपछि आइतबार प्रतितोला छापावाल सुनको खरिद बिक्री मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० थियो ।
आइतबार तेजाबी सुनको प्रतितोला कारोबार मूल्य ९१ हजार ५०० कायम भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार एक हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार २०० रुपैयाँ तोकिएको छ ।