लोकप्रिय गायक एवं सर्जक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत “पछुतो” सार्वजनिक भएको छ । चर्चित सर्जक नेत्र अर्यालले सृजना गरेको गीतमा संगीत खेम
सेञ्चुरीकै रहेको छ । लोकप्रिय मोडल सारिका केसीको प्रस्तुतीमा आएको गीत मोडल केसी आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
कृष्ण बिक भान्जाको संगीत संयोजन र श्यामश्चेत रसाइलीको मिक्सिङ रहेको गीतको रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियोमा गरिएको हो । म्यूजिक भिडियोमा सारिका केसी र ओबि
रायमाझीको जीवन्त अभियन रहेको छ । विनोद भण्डारीको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन भने सम्पादन प्रविन भट्टले गरेका छन ।
गीतले एक छुटेको प्रेम जोडीको कथा बोलेको छ । गीतको कथामा परिबन्धमा परेर केटीले अर्कै संग विवाह बन्धनमा बाँधिएपनि पूर्वप्रेमीलाई भुल्न नसकेको कुरा प्रस्तुत गरिएको छ . भने केटाले अब यसरी हुदैन उतै मन सार तन सार भनेर सम्झाइरहेको भाव भेटिन्छ ।