बालबालिका र महिला हिंसा न्युनिकरणका लागि बढैयामा प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक

मुख्य खबर

समाचारदाता

नेपालगन्ज । बाँके युनेस्को क्लबले बालबालिका र महिलामाथि हुने हिंसा न्युनिकरणका लागि बर्दियाको बढैयामा बुधबार प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक सम्पन्न गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल, प्रहरी र न्यायिक समिति, बाल अधिकार समिति संग सामुहिक रुपमा समन्वय बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले बालबालिका र महिला माथि हुने हिंसा दर्ता, कार्यान्यवनको अवस्था, चुनौती तथा बाल बिवाह न्युनिकरणमा प्रहरी तथा न्यायिक समितिको भूमिकाका बारेमा छलफल गरेर सिफारिस संयन्त्रलाई कसरि बलियो बनाउने भन्ने बैठकको मुख्य उदेश्य रहेको बताउनुभयो ।

सो बैठकमा रिपोरटिंग संयन्त्रलाई बलियो बनाउने, सरोकारवाला बीच तीन तीन महिनामा बैठक बस्ने, बाल बिवाह रोकथामका लागि संयुक्त योजना बनाएर काम गर्ने, समुदाय स्तरका अभियानहरुमा प्रहरीसंग समन्वय गरेर काम गर्ने तथा जोखिममा परेका बालबालिकाको तत्काल उद्दार गर्न समन्वयात्मक भूमिका निर्बाह गर्ने,न्यायिक समितिमा दर्ता भयका केशहरुको तथ्यांकका आधारमा तत्काल सहयोगका लागि योजना निर्माण गर्ने निर्णयहरु भएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।

बैठकमा गाउँ पालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा कुमारी हमाल, कार्यपालिका सदस्य, प्रहरी सहायक निरीक्षक मोहन खत्री, बाल अधिकार समितिका सदस्य लगायतले बालबालिका र महिला माथि हुने हिंसा तथा बाल बिवाह न्युनिकरणका लागि सबै सरोककारवालाहरुले मिलेर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । क्लबले बालविवाह न्युनिकरण, बाल संरक्षण र महिला बेचबिखन विरुद्ध प्लान नेपालको सहयोगमा बाँके र बर्दियामा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *