३ बुँदे सहमतिपछि सम्बोधन गर्दै विप्लव

मुख्य खबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले अहिलेको व्यवस्थाप्रति असहमत भएरै विद्रोहमा गएको सम्झिए ।

तर, सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको संकेत गरेका उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

जनताले कहिल्यै स्वतन्त्रतापूवर्क ‘स्टेप’ चाल्न नपाएको र कहिलेकाहीँ राज्य–सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति रहेको उनले बताए ।

विप्लवले भने, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, पार्टीहरुलाई र जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको/नेतृत्व गरिरहेको अनुभूति भएको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, अहिले पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *