प्रवक्ता प्रकाण्डको नेतृत्वमा विप्लवद्वारा वार्ता टोली गठन

मुख्य खबर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको विप्लवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्ता गर्ने विप्लवले बताएका छन् । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोली सदस्य रहेका छन् । 

हतियार व्यवस्थापन र मुद्दा फिर्ता लिने विषयमा वार्ताबाटै समाधान खोजिने सरकारका प्रवक्ता पार्वत गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *