केपी ओलीलाई हटाएर देखाउनुस् : चुनौती प्रधानमन्त्रीको

मुख्य खबर

प्रधानमन्त्री केपी ओलीले पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रममा आइतबार उनले भने, ‘संसदीय दलको नेता, बहुमत प्राप्त पार्टीको अध्यक्ष म नै हो, प्रधानमन्त्रीबाट हटाउनुहुन्छ भने अविश्वासको प्रस्ताव ल्याउनुस् । त्यो सामना गर्न म तयार छु । हटाएर त देखाउनुस्, तीन करोड जनताको माझमा गएर दुईतिहाइ ल्याएर देखाउँछु ।’

आफू प्रधानमन्त्री हुने अवस्था नदेखेपछि प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुहारेको ओलीले बताए । 

सर्वोच्चमा मुद्दा हार्दैमा केही फरक नपर्ने उनको भनाइ छ । उनले भने ‘सर्वोच्चबाट मुद्दा हारेर मलाई केही हुँदैन, जीवनमा झुटा मुद्दा कति हारियो ।’

देशमा विकासको आँधीबेहरी आएको ओलीले दाबी गरे । देशमा भएको विकास र समृद्धि देख्न नसकेर केही व्यक्ति अताल्लिएको ओलीको आरोप छ । 

ओलीले केही दिनमै विप्लव वार्तामा आउने पनि जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *