नेपालगंज । नेपालगंज मै पहिलो पटक “नेपालगंजमै नौलो प्रस्तुतीका साथ २४सैं घण्टा नर्सिङ्ग सेवा अब घरमै” मूल उद्देश्यका साथ आज होलस्टिक होम केयरले उद्घाटन गरेको छ ।


यसैक्रममा होम केयरकी अध्यक्ष बसन्ती बी.सी. सभापति, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जङ्ग शाह प्रमुख अतिथी, भेरी अस्पतालकी नर्सिङ्ग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ विशेष अतिथी तथा अतिथीेहरु क्रमशः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका प्रशासकीय अधिकृत कुमार अधिकारी, बरिष्ठ लेखा अधिकृत जयेश जङ्ग शाह, खरीद विभाग प्रमुख अजय कनोडिया, अस्पतालकी नर्सिङ्ग प्रमुख ममता शर्मा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोक दर्शन श्रेष्ठ, रासस बाँकेका प्रमुख निरज गौतम, यशोदा अस्पतालका प्रमुख डा. विनोद खेतान, बासक प्रमुख नमस्कार शाह, एच.सी.आर.सी.का प्रमुख रमेश सिटौला, खानेपानी संस्थानका ओभरसियर नवराज बी.सी., गुलरिया नगरपालिकाका कर्मचारी कपिल घिमिरे, जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, जी.नेपाल एच.डी. टेलिभिजनका प्रतिनिधीहरु अभिषेक गुप्ता तथा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजको विभिन्न वार्ड, शाखामा कार्यरत रहेका नर्सिङ्ग र प्रशासनीक कर्मचारीहरुलाई आसन ग्रहण गराइएको थियो ।


प्रमुख अतिथीले पानसमा बत्ती बाली, राष्ट्रिय गानका साथै सुमन गिरीले आपूmहरुले स्वास्थ्य क्षेत्रमा उठाएको कमद पक्कै नेपालगंजवासीहरुको स्वास्थ्य सेवामा टेवा पुग्ने विश्वास रहेको भन्दै यस होम केयरले परिस्थिती अनुसार मानिसहरुको व्यस्तताका कारण अस्पताल मै बसेर स्वास्थ्य सेवा लिन नसक्नेहरुका लागि स्वास्थ्य सेवा पाउनु भनेको सुनौलो अवसर रहेको भन्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

रासस बाँकेका प्रमुख नीरज गौतमले होम केयरले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुका साथै गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको भन्दै मन्तव्य तथा शुभकामना व्यक्त गर्नु भएको थियो । मेडिकल कलेज शिक्षण अस्पतालकी नर्सिङ्ग प्रमुख ममता शर्माले नेपालगंजवासीहरुलाई वास्तवमा यस किसिमको होम केयरको एक दमै आवश्यकता रहेको थियो जुनकि अब आउने दिनमा यस होम केयरले कारणवस अस्पताल सम्म पहुँच नपाएका बिरामीहरु ओछ्यान मै रहेर स्वास्थ्य सेवा पाउने छन् भन्ने विश्वासका साथ मन्तव्य तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी धीर जङ्ग शाहले नेपालगंजको इतिहास धेरै लामो भएपनि बाटो बाहेक खासै प्रगति नभएतापनि यस होम केयरले स्वास्थ्य क्षेत्रमा ठूलै टेवा पु¥याउने विश्वासका साथै बिरामीले आपूm घरमै बसेर डे«सिङ्ग, स्टिच आउट, कैथेटर, इन्जेक्शन, नर्सिङ्ग केयर लगायतका स्वास्थ्य सेवा पायो भने रिक्सा, गाडी चढेर अस्पताल नै जानु परेन् घर मै स्वास्थ्य लाभ प्राप्त गरी सुखी र खुशी हुने बारे मन्तव्य तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा होम कयेरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति बसन्ती बी.सी.ले यस “होलस्टिक होम केयर”ले बिरामीहरुले सोचे जस्तै गुणस्तरीय सेवा प्रदान गर्नेछौं भन्ने विश्वास लिएका छौं साथै उद्घाटन कार्यक्रमलाई आ–आप्mनो स्थानबाट सहयोग गरी कार्यक्रमलाई समफल बनाईदिनु भएकोमा सबैलाई धन्यवाद दिंदैं कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण अनिता थापाले गर्नु भएको थियो ।