काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
संसदीय दलका नेता केपी शर्मा ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।


गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।