तनहुँको पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै !

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।  पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए […]

Continue Reading

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित !

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र […]

Continue Reading

जिल्ला अस्पतालबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार !

किमाथाङ्का । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना […]

Continue Reading

संसार देख्ने छिन् मेनुका : अब एक्लै हिँड्न, मान्छे चिन्न र पढ्न सक्ने !

काठमाडौँ । संगीतको दुनियाँमा आफ्नो स्वरको जादु छरेर चर्चामा रहेकी लोकप्रिय गायिका मेनुका पौडेलको जीवनमा अर्को वरदान प्राप्त भएको छ । गायन कला उनको पहिलो वरदान थियो, जसको प्रमाण उनले इन्डियन आइडलमा आफ्नो धमाकेदार प्रस्तुतिमार्फत देखाइसकेकी छन् । उनले अर्को वरदानस्वरुप कृत्रिम रुपमै भए आँखाको सामान्य ज्योति प्राप्त गर्न सक्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको […]

Continue Reading

चितवन राष्ट्रिय निकुञ्जमा भेटिए ५३ प्रजातिका चरा !

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर […]

Continue Reading

डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य !

काठमाडौं, माघ ४-स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति […]

Continue Reading

काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम, कतिमा झर्‍यो तापक्रम ?

काठमाण्डौं, पुस ५ । काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बुधबार बिहान उपत्याकामा ५ दशमलव ५ डिग्री न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाडौंमा चार […]

Continue Reading

नेपाल वायुसेवा निगमका पुराना ५ वटा चिनियाँ जहाज लिलाममा !

काठमाडौं, पुस ५ । नेपाल वायुसेवा निगमले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।ग्राउण्डेड बेच्न गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरी अर्थात् आगामी २१ माघसम्म छ । यी चिनियाँ जहाजहरू तीन वर्षदेखि […]

Continue Reading

तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा !

तनहुँ, ३ पुस । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दस मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाको मुख्य सुरुङतर्फ कूल एक हजार चार सय […]

Continue Reading

चीनमा शक्तिशाली भूकम्प, १०० बढीको मृत्यु !

चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी […]

Continue Reading