जशोदा फार्मेसीको वार्षिकोत्सबको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण गर्दै !

नेपालगन्ज : नेपालगन्ज गणेशमान चोकमा रहेको जशोदा फार्मेसीले नयाँ बर्ष तथा आफ्नो वार्षिकोत्सबको अवसरमा साताब्यापी निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । जशोदा फार्मेसीले नयाँ बर्षको पहिलो दिन बैशाख १ गते देखी ६ गतेसम्म निशुल्क स्वास्थ परिक्षण गर्ने भएको हो । नेपालगन्जकै ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ चेकजाँच संगै जशोदा फार्मेसीले ल्याव परिक्षणमा ३० प्रतिशत छुट […]

Continue Reading

बैतडीमा जीप दुर्घटना, एकै गाउँका ६ को मृत्यु !

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ को मृत्यु भएको छ । मंगलबार राति करिब ११ बजेर २५ मिनेट जाँदा जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा से १ ज ७६४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय […]

Continue Reading

भारतीय कार सिन्धुलीमा दुर्घटनामा, ४ को मृत्यु !

काठमाडौं । सिन्धुलीमा एक भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाई नगरपालिकास्थित गढी गेट नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए। दुर्घटनामा परेका […]

Continue Reading

सुत्केरी मृत्युको विषयलाई लिएर कैलालीमा फेरि राजमार्ग अवरुद्ध !

२८ चैत, धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका-२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध […]

Continue Reading

गृह मन्त्रालय र मिटरब्याज पीडित बीच आज अर्को वार्ता !

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच तेस्रो पटक वार्ता हुन लागेको हो । यसअघि सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएको थियो । तर, सहमति जुट्न नसक्दा […]

Continue Reading

जिप दुर्घटनामा एकजनाको मृत्यु !

 पर्वत । पर्वतको महाशिला गाउँपालिकामा सोमबार राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको […]

Continue Reading

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !

उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी […]

Continue Reading

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडियाको फेसबुक पेजबाट उक्त अडियो लिक गरिएको हो ।  यस्तो छ लिक भएको  अडियो https://drive.google.com/file/d/1A0kpM-Urtc62z2qW4DXAfpZguN6JW5dt/preview दुर्गा प्रसाईं र सांसद श्रेष्ठबीचको पौने ११ मिनेट लामो अडियो सार्वजनिक भएपछि अहिले रास्वपा र सासंद श्रेष्ठको चर्को […]

Continue Reading

दुई बालिकाको हत्या आशंकामा रूकुमका ७ जना पक्राउ !

रूकुम । रुकुमपूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा […]

Continue Reading

भारतमा कोरोना सङ्क्रमित बड्दै जादा सीमानाकामा सतर्कता अपनाउन सरोकारवालाको जोड !

विराटनगर । पुनः कोरोना सङ्क्रमण फैलिन नदिन बेलैमा सतर्कता अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन्। छिमेकी राष्ट्र भारतमा दैनिक जसो कोरोना सङ्क्रमित बड्दै जादा नेपाल भारतको सीमानाका जोगबनी नाकामा भने सुरक्षा सतर्कता नबढाइएको सरोकारवालाहरुले गुनासो गरेका छन्। भारतका विभिन्न शहरहरुबाट नेपाल प्रवेश गर्नेहरुले एण्टिजेन परिक्षण गराउन नमान्ने गरेको उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा परीक्षण गर्ने गरेको सीमानाकामा खटिएका स्वास्थ्यकर्मीहरुले […]

Continue Reading