२०८३ बैशाख २ बुधबार
२०८३ बैशाख २ बुधबार

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्युु

५ चैत २०८२, बिहीबार/ विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बासबारीमा बिहान १०:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं पनि गम्भीर घाइते भएका छन् । उनको अहिले विराट शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।