वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले शनिबार दिउँसो ३ बजे ललित केसीको घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । सो क्रममा प्रहरीले १२ गड्डी ताससहित विभिन्न दरका नगद एक लाख ४७ हजार ७९० बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१० का २७ वर्षीय शिशिर केसी, वीरेन्द्रनगर–७ का ३० वर्षीय डिकेन्द्र थापा छन् ।
यस्तै, वीरेन्द्रनगर–९ का ३१ वर्षीय करण गुरुङ, वीरेन्द्रनगर–१२ का ४७ वर्षीय परशुराम सोती,वीरेन्द्रनगरका ३७ वर्षीय ललित रेश्मी मगर तथा वीरेन्द्रनगर–१४ का ३३ वर्षीय निर्मल न्यौपाने रहेका छन् ।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।









