‘मेयर बालेन शाहले अझै रोकिएनन’ असन क्षेत्रको अवैध संरचना हटाउन निर्देशन !

अन्य उज्यालो खबर मुख्य खबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ ।

असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ ।

असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, लत्ता कपडा, खेलौना आदि लगायत सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको छ । अटेर लगाएमा प्रहरीले ती पसल जफत गर्ने बताइएको छ । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *