मस्जिदमा नमाज पढिरहेको बेला, अज्ञात समूहको आक्रमण, ८ जना घाइते !

उज्यालो खबर मुख्य खबर

दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट नवाज पढिरहेका ८ जना घाइते भएका छन् ।। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

वडा प्रहरी कार्यालय लमहीकाअनुसार गम्भीर घाइतेको टाउकोमा चोट लागेको छ ।

शुक्रवार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।

घाइते हुनेहरूमा लमही नगरपालिका वडा नम्बर ५का ६४ वर्षीय गुठे कुरेसि, सोही वडाका ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याक दिन अली रहेका छन् । साभार : टिभिअन्नपुर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *