बाँकेमा चलचित्रको शैलीमा अपहरण र बलात्कार !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा चलचित्रकै शैलीमा अपहरण गरेर बलात्कार गर्नेमध्ये दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाके प्रहरीका अनुसार आफ्ना सहयोगी केटा साथीसँग खजुराको सी गाउँस्थित किरणखोला पुलमा फोटो खिचाइरहेको अवस्थामा केटा साथीलाई कुट पिट गरेर भगाएर अपहरण गरी बलात्कार गर्ने पाँच जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रेस नोट जारी गर्दै बताएको छ ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका–१ सैनिकका हरिश सुनार र स्थानीय नेप्टे छन् ।
सुनारले उनकै भे १० प ८६३ नं. मोटरसाइकलमा बसालेर अन्य चार जना साथीको सहयोगमा अपहरण गरी जंगलमा र उनकै घरमा दुई पटक बलात्कार गरेको प्रहरी समक्ष बयान दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

अर्का सहयोगी नेप्टेलाई धनौली प्रहरीले पक्राउ गरेको छ भने सुनारका सहयोगी अपहरणकर्ताहरु खजुरा १ सैनीककै स्थानीय सुमित गाहा मगर, सुसान्त गाहा मगर र नबिन थापा फरार रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

प्रहरीले सुनारलाई जबर्जस्ती करणी गरिरहेकै अवस्थामा घरबाट पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती आफ्ना साथीहरु नेपालगन्जकै बेलासपुरका आबिद खान, सुरज बर्मा र कृष्णसिंह ठाकुरको साथमा फोटो खिच्न खजुरास्थित सी गाउँको पुलचोकमा पुगेका थिए ।

अपहरणपछि मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दा गर्दै प्रहरीले फेला पारेको थियो । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *