गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए ।

बुधबार सोही बिषयलाई लिएर खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका थिए ।

नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । त्यसपछि इप्रका खजुराको प्रहरीले प्रमुख प्रशासनिक अधिकृत सहित पीडित पक्षलाई इप्रका लगेको छ ।

सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेलाई सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय खजुराले दुबै पक्षलाई इप्रका लिएर घटनाको अनुसन्धान गर्दै गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *