अ.स.इन्जिनियर माथि हातपात गरेको भन्ने झुटो हो-वडाध्यक्ष खत्री

मुख्य खबर हेलो स्थानीय सरकार

शिवालय गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बिरवल खत्रीले सब इन्जिनियर रविन्द्र बहादुर शाही माथि हातपात गरेको भन्ने कुरा झुटो भएको बताएका छन । वडाध्यक्ष खत्रीले विज्ञप्ति जारी गर्दै सब इन्जिनियर शाही माथि हातपात गरेको भनि मिडियावाजी भएको सबै व्यहोरा झुट्टा भएको बताएका छन ।

उनले आफ्नो जिम्मेवारी पुरा नगरी निर्माण हुँदै गरेका भवनहरुका डिजाइन स्टमेट सोचे भन्दा फरक भई पुनः निर्माण गर्नु पर्ने अवस्था आएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन । शाहीलाई काम प्रति जिम्मेवार हुनु पर्ने सल्लाह सुझाब दिदा उल्टै अपशब्द प्रयोगगरि आफुलाई अपमानित गरेको उनले बताए । सब इन्जिनियर शाही गत वैशाख २६ गते देखि यता झण्डै २ महिनापछि असार १३ गते वडा कार्यालयमा आएको समेत वडाध्यक्ष खत्री द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उता सब इन्जिनियर रविन्द्र बहादुर शाही माथि कुटपिट गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा शिवालय गाँउपालिकामा कार्यरत कर्मचारीले दोषी माथि कारवाही नभए सम्म पेनडाउन गर्ने निर्णय गरेका छन् । सो कार्य प्रति हामी पेनडाउन गरि शसक्त आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारी द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वडाध्यक्ष खत्रीले जारी गरेको विज्ञप्ति र हाजिर रजिष्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *