काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर सभा तथा तयारीका अन्य कामहरु गरिने छ भने फागुन महिनामा मेची महाकाली एकता यात्रासहित उपत्यका केन्द्रित प्रदर्शन गर्ने गरिने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीका लागि जनदबाब मुलक आन्दोलनको घोषणा गरेको छ । देशभर गरिने यस आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर सभा तथा तयारीका कामहरु गरिने छ । आवश्यक तयारी पछि फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने राप्रपाको निर्णय छ ।
राप्रपाले आफ्नो आन्दोलनमा साथ सहयोगकालागि आग्रह समेत गरेको छ । समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । मुलुकको बिग्रदो अर्थतन्त्र, बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागिएको राप्रपाको भनाई छ ।
पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ भने सो समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने राप्रपाले जनाएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल भएको निष्र्कष राप्रपाको छ । भ्रष्ट्राचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न सरकार असफल रहेको भन्दै तारिफ योग्य कुनै काम नभएको राप्रपाको दाबी छ ।
प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने कानूनी अधिकारको सुनिश्चितता, एनसेल आजियाटा शेयर बिक्रिमा भएको भ्रष्टाचारको छनविन, मेलम्ची खानेपानीको सहज आपूर्तिलगायतका विषयमा सरकारको ध्यानार्कष्ण गराउने भएको छ ।