बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ।

बाँकी ३१ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। 

बाल सुधार गृहमा २९८ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्।  

आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए।

त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका डिएसपी पाठकले जानकारी दिए।

‘तोडफोड हुँदा प्रहरी र केही बन्दी घाइते भएका छन्,’ डिएसपी पाठकले भने। सुधार गृहमा १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *