सांसद डा. राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता यो पटक नेपाल पुर्व प्रहरी संगठनलाई हस्तान्तरण !

उज्यालो खबर मुख्य खबर

राप्रपाका महामन्त्री तथा बाके क्षेत्र न. २ का सांसद डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ ।

यस्तै नियमित झैं  यो पटक पनि  नेपाल पुर्व प्रहरी संगठन बाकेँलाई रु.५०,०००(पचास हजार) सहयोग गर्नु भएको छ ।आफ्नो निर्वाचन क्षेत्रमा नियमित भेट घाट तथा छलफल कार्यक्रमको क्रममा सोमबार एक कार्यक्रमका बीच नेपाल पुर्व प्रहरी संगठन लाई सहयोग गर्नु भएको हो । कार्यक्रममा विभिन्न नेपाल पुर्व प्रहरी संगठनका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सांसद डा. राणाले बाके क्षेत्र नं २ मा रहेका विभिन्न आर्थिक समस्यामा परेका ब्यक्ति तथा आफ्नो क्षेत्रका सामाजिक संस्थाहरुलाइ राज्यबाट पाउने सेवा सुबिधा आफ्नो  हस्तान्तरण गर्दै आउनु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *