अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा अर्टिजम फिजियोथेरापी सेन्टरको आज उद्घाटन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा डा. आसिम किदुवाईको आफनै घरमा उक्त फिजियोथेरापी आज एक कार्यक्रमका बिच उहाँका पिता बरिस्ठ डा. एम. किदुवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, लगाएतका व्यक्तिहहरुको सहभागितामा उद्घाटन भएको हो ।

भारतबाट डा. मोहम्मद इरफान लगायतको टीमले उक्त फिजियोथेरापीमा सेवा दिनुहुने बताइएको छ । अटिजम भएका बालबालिकाहरु लामो समयसम्म पनि बोल्न नसक्ने भएको हुदा उक्त फिजियोथेरापी उपचार पछि धेरै जना बोल्न सक्ने हुन्छन् । उक्त कार्यक्रममा संघीय सांसद राणा डा. धवल शमशेर राणा लगाएतका व्यक्तिहहरुले सबै तहबाट सहयोग हुनुपर्नेमा जोड दिदै आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
उक्त किसिमको थेरापी यस क्षेत्रमा नभएको हुदा उपचार गर्न भारतको लखनउ वा काठमाडौं जानू परेकोमा अब यही बालबालिकाले सेवा पाउने भएको हुदा सबैजना खुसी भएको डा. आसिम किदुवाईले बताउनुभयो । उक्त डा. इरफानको टीमले यहाँ पनि दक्ष प्राविधिक स्थापना गरेपछि अर्को ठाउँमा सेवा दिने बताउनुभयो ।

उक्त थेरापीलाई मेजिक टच नाम दिइएको छ, लामो अनुभवी टीमले बालबालिकालाई सेवा दिइने भएको हुदा यस क्षेत्रका बालबालिकालाई फाइदा पुग्ने अधिकांश चिकित्सकहरुको भनाइ रहेको छ । उक्त कार्यक्रममा विभिन्न पेशामा आवद्ध चिकित्सकहरु, समाजसेवी, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।