राप्रपाको नविन योजना : पार्टीलाई डिजिटलमैत्री बनाउने !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउने भएको छ । पार्टीले नविन योजना अघि सार्दै सबै कामहरु डिजिटलमय बनाउन लागेको हो । पार्टी सदस्यतादेखि आर्थिक सहयोगको कार्यक्रम सबै डिजिटल प्रविधिबाटै गर्ने राप्रपाले घोषणा गरेको छ । के हो त राप्रपाको नविन कार्य योजना ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबै नेता कार्यकर्तालाई तल्लो तहसम्म पु¥याउने योजना अघि सारेको छ । पार्टीलाई पूर्ण डिजिटलमैत्री बनाउँदै नेताहरुलाई वडा वडामा पुर्याउने योजना ल्याउको छ । राप्रपाले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्ने तथा आर्थिक सहयोग गर्नसक्ने व्यवस्था मिलाएको छ । नविन राप्रपा कार्ययाजना अन्तर्गत काम नगरी नेता हुन नपाइने राप्रपाले जनाएको छ ।

यस्तो छ राप्रपाको नवीन कार्ययोजना

  • ● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ ।
    ● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ।
    ● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
    ● केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
    ● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।
    ● यस अन्तर्गत राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने।
    ● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने
    ● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
    ● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।

पार्टीले तोकिको भुगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए । एक वर्ष भित्रमा सक्रिय सदस्यको संख्या दुई लाख पु¥याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भुगोलको जिम्मेवारी हेरफेर हुने, भुगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको लिङदेनले बताए ।

राप्रपाले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने जनाएको छ । नविन राप्रपा कार्ययोजना अन्तर्गत भ्रष्टाचार र भ्रष्टाचारका बिरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने पनि राप्रपाले जनाएको छ । साथै राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई पनि राप्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *