कपिलवस्तुमा श्रीमतीलाई मारेर सेफ्टी ट्याङकीमा फाल्ने श्रीमान् पक्राउ !

उज्यालो खबर मुख्य खबर

श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् साढे दुई महिना पछि पक्राउ परेका छन। श्रीमतीको हत्यापछि  कपिलवस्तुको चन्द्रौटा स्थित सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमानलाई प्रहरीले पक्रेको हो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो। 

गत फागुन २० गते श्रीमती केशु विकको हत्या गरेर उनी फरार भएका थिए। महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो। हत्यापछि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा स्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा शव फ्याँकेर उनी फरार भएको प्रहरी उपरिक्षक प्रेम बस्नेतले बताए। 

ती महिला आफ्ना छोरा छोरी सहित त्यही रिफ्रेस सेन्टरमा बस्ने गरेकी थिइन थिए। हत्या पछि गर्भे आफ्नो छोरा छोरी सहित काठमाण्डौको सतुंगलमा लुकीछिपी बस्दै आएका थिए। घटनाको अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए।

 नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *