मिटरब्याज पीडितले  प्रधानमन्त्रीसँग भेट गरे, रुँदैरुँदै पोखे आफ्नो व्यथा !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् ।

बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए।

उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् ।

उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ ।

शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए ।

प्रधानमन्त्रीसामू पीडितहरुले आफ्नै घरमा पनि भाडामा बस्नु परिरहेको गुनासो सुनाए ।

धुरुधुरु रुँदै उनीहरुले आफ्नै घरमा भाडामा बस्नु पर्दा छोरा छोरीहरुले पढ्नसमेत नपाएउँदा आफूहरु बाँच्नसक्ने वातावरण पनि हट्दै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *