मुगुमा निशुल्क पाइने औषधीको चरम अभाव, बालबालिका बढि प्रभावित !

उज्यालो खबर मुख्य खबर

मुगु । सरकारले आफ्नो मातहतमा रहेका अस्पतालहरुले ९३ प्रकारको औषधी सेवाग्राहीलाई निःशुल्क दिनुपर्ने प्रावधान राखेको छ ।

सरकारले यस्तो प्रावधान राखेपनि अझै धेरै अस्पतालहरुमा निशुल्क पाइने औषधीको चरम अभाव छ । मुगु जिल्लाको ठिनीमा रहेको जिल्ला अस्पतालमा पनि निःशुल्क पाइने औषधी अभाव हुँदा उपचार गर्न आउने अधिकांस बिरामी मर्कामा परेका छन् ।

१५ शैयाको क्षमता रहेको मुगुको जिल्ला अस्पतालमा रुघाखोकी ,वाथरोग, ज्वरो, टाउको दुख्ने लगायतका बिरामीको चाप बढेपनि अस्पतालको फार्मेसीमा औषधि नहुँदा उपचारमा आउनेहरु समस्यामा परेका हुन् ।

निशुल्क पाइने औषधी अस्पतालमा नहुँदा सेवाग्राही चर्को मूल्यमा नीजि फार्मेसीबाट औषधी किन्न बाध्य छन् ।

सरकारले अनुदान स्वरुप दिएको औषधि उपलव्ध नहुँदा सहजरुपमा उपचारमा कठीन भएको स्थानीयको दुखेसो छ । मौसम परिवर्तन हुने समय भएकाले अस्पतालमा हिजो–आज बिरामीको चाप निकै बढेको चिकित्सकको भनाइ छ ।

यता, जिल्ला अस्पताल मुगुले भने प्रयाप्त मात्रामा औषधी स्टोरमा रहेको उल्लेख गरेको छ । प्रदेश सरकारबाट आएको औषधि निशुल्करुपमा वितरण गर्न पर्याप्त भएको अस्पताल व्यवस्थापन समितिको दाबी छ ।

अस्पातलबाट दिइने निशुल्क औषधी अभाव हुँदा विशेषगरी बालबालिका सबैभन्दा बढि प्रभावित बनेका छन् । बालबालिकालाई ज्वरो आउदा दिईने बेबी सिरप, कफसिरप र ठायनीलिन जस्ता अत्यावश्यक औषधीको अभाव रहेको सेवाग्राहीको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *