चिकित्सकमाथि आक्रमण

मुख्य खबर स्वास्थका कुरा

काठमाडौं— चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा. सुमन दाहालका अनुसार कोभिड आइसियुमा उपचारको क्रममा बुटवलका बिरामीको मृत्यु भएपछि आफन्तले डा. सबिन भण्डारीलाई लातीले हानेको बारे बताएका छन् ।

इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो । इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको हो । इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो । कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा. सबिन माथि आमक्रमण गरेको दाहालले बताए।
‘चिकित्सक माथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनीहरुको माग छ । कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाटै आक्रमण हुँदा आफुहरु निरुत्साहित भएको उनले बताए । सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने दहालको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *