आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार !

मुख्य खबर

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा खुकुरी प्रहार भएको छ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो ।

विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

खुकुरी प्रहारबाट तीन जना घाइते भएको बताइएको छ । घाइते हुनेमा राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे रहेका छन् ।

घटना साम्य पार्न तुरुन्तै प्रहरीले हस्तक्षेप गरेर घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । झडपको स्थिति देखिएपछि आरआरु क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ ।

फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद बढेको थियो । विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *