ग्रिसमा रेल दुर्घटनामा १५ को मृत्यु

उज्यालो खबर मुख्य खबर

एजेन्सी । ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।

मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।

दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ ।

मध्य ग्रिसमा मङ्गलबार मध्य राति सो दुर्घटना भएको र थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *