महाकाली नदीमा गाई-गोरु हालियो, मार्ने उद्देश्य कि तस्करी ?

उज्यालो खबर मुख्य खबर

डडेल्धुरा । यहाँको पर्शुराम नगरपालिकामा संरक्षण गरिनु पर्ने गाईगोरुलाई महाकाली नदीमा बगाइएको छ । तस्करी गर्न भारत लैजाने चेष्टा जस्तो देखिए पनि गाईगोरुलाई महाकाली नदीमा धकेलिएको भिडियो फुटेज विरक्तलाग्दो छ ।

पर्शुराम नगरपालिका सधै यस्तै प्रकारको काण्डहरुका कारण विवादमा परेको छ । गाई गोरु महाकाली नदीमा हाल्न नगरपालिकाले नै पैशा दिएको भनेर बोल्ने मान्छेहरु पनि छन् । कदाचित गाई गोरुलाई महाकालीमा हालेर मार्ने नियत नहोला, तर भारत पु¥याएर मार्ने उद्देश्य त अवस्य हो । दूध नदिने गाई, बेकामका गोरु संरक्षणका लागि भारत लैजान यस्तो गरिएको त अवस्य होइन होला । महाकाली नदीमा गाई गोरु हाल्ने यो धन्दाको भित्री कुरा के हो त ?

यो दृश्य डडेल्धुराको परशुराम नगरपालिका अन्र्तगत पर्ने नेपाल–भारतको सीमा नदी महाकालीको हो । दृश्यमा लाइफ ज्याकेट लगाइरहेका केही युवाहरु गाईगोरुलाई लखेटी लेखेटी महाकाली नदिमा बगाइरहेका छन् ।

शनिबार दिउँसो ३ बजेतिर परशुराम नगरपालिका ५ परिगाउँस्थित महाकाली नदिमा झण्डै एकसय गाईगोरु यसैगरि बगाइएको छ । नगरपालिकाले व्यवस्थापन गर्न नसकेपछि छाडाचौपायाहरुलाई भारत कटाउन महाकाली नदिमा बगाएको हो ।

सामान्य अवस्थामा कम गहिरो भएको ठाउँमा पनि महाकाली नदि झण्डै १० देखि १२ फिट गहिरो नै हुन्छ । त्यसमाथि नदिको तिब्र बहावका कारण गाईगोरु हेलिएर पार गर्न पनि सक्दैनन् । कतिपय नदीको बीच वा किनारमा रहेका ढुंगामा ठोक्किएर पनि मर्छन् । शनिबार बगाइएका गाईगोरु मध्ये कति तैरिएर भारत पुगे होलान् त कति ढुंगामा लागेर मरे होलान् । नगरपालिकाले गरेको यो कस्तो काइदा व्यवस्थापन हो ? प्रश्न उब्जिएको छ ।

उसो त नेपालबाट दोस्रो मुलुक गाईगोरु निकासी गर्न नपाउने प्रावधान छ । तर सीमा-नाकाहरुबाट भारत र बंगलादेशमा मासुका लागि तस्करी गरेर पुर्याउने गरिएको छ ।

परशुराम नगरपालिकाले पनि व्यवस्थापन गर्नुको साटो भारततर्फ निकासी गराएको भन्दै आलोचना भइरहेको छ । नगरपालिकासँग केही रकम पाउने मौखिक सम्झौताका आधारमा गाईगोरुलाई महाकाली नदिमा हालिएको तार्नेहरुले बताएका छन् ।

महाकालीमा गाईगोरु बगाउदैँ गर्दा एक स्थानीय युवाले भिडियो बनाइरहेका थिए । उनीहरु भिडियो बनाउने युवालाइ मोबाइल नै फुटाइदिने धम्की दिइरहेका थिए ।

यता, नगरपालिकाले भने स्थानीयले आफ्नै मनमर्जीले महाकालीमा गाईगोरु बगाएको जनाएको छ । यद्यपी यस घटनाको परशुरामबासीहरुले निन्दा गरेका छन् ।

पछिल्लो समय नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको समस्या विकराल बनिरहेको छ । केही दिनअघि मात्रै स्थानीयहरुले नगरपालिकाको कार्यालय परिसरमै छाडा चौपायाहरु लगेर छाडिदिएका थिए । त्यसबेला नगरका मेयर भरत जोशीले तत्काल व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

तर पटकपटक पहल गर्दा पनि नगरपालिकाले व्यवस्थापनमा चासो नदेखाएको स्थानीयको गुनासो छ । स्थानीयहरुले विगत दुईवर्षदेखि आफ्नो समुदायमा छाडा चौपायाको व्यवस्थापन गर्दै आएका छन् । तर यतिबेला उनीहरु आजित भइसकेका छन् ।

यता, नगरपालिकाले भने चौपाया व्यवस्थापनको लागि गौशाला निमार्णको लागि टेन्डर भइसकेको जनाएको छ । छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले ३५ लाख रुपैया विनियोजन पनि गरेको जनाएको छ । यो खवर news24nepal मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *