भैरहवामा तीन सवारीसाधन एक-आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

उज्यालो खबर मुख्य खबर

भैरहवामा ट्रक, बस र कार एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

सडकमा बिग्रेर रोकिराखेको लु.२ ख ६०६ नम्बरको ट्रकमा ३ लु.२ ख ६०३८ नम्बरको बस र ग.१ च ३७१३ नम्बरको निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका– ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– १ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। 

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन्। जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियानअनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ।

यो खवर naya partika मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *