श्रीलंकाले सेनाको संख्या आधा कटौती गर्दै !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ।

वर्ल्ड बैंकको तथ्यांकका अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए। अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ। श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पुर्‍याउन लागेको हो। 

अर्को वर्षसम्म श्रीलंकाले सैनिक संख्या घटाएर एक लाख ३५ हजार पुर्‍याउने योजना बनाएको छ। 

यस्तै, सन् २०३० सम्म एक लाख पुर्‍याउने योजना रहेको शुक्रबार रक्षा मन्त्री प्रिमिथा बन्दरा टेन्नाकुनले बताए।

आर्थिक मन्दीका कारण सरकारी खर्च घटाउन सरकारले सैनिक संख्या कटौती गर्न लागेको उनको भनाइ छ।

सन् २०२३ को बजेटमा सैनिकको बजेट स्वास्थ्य सेवा र शिक्षाका लागि भन्दा बढी रहेको भन्दै आलोचना समेत भएको थियो। रक्षाको लागि ५३९ बिलियन रुपैयाँ बजेट छुट्याएपछि आलोचना भएको हो। 

रक्षामन्त्री टेन्नाकुनले सैनिकको संख्या घटाएर पनि सन् २०३० सम्म प्राविधिक र रणनीतिक रूपमा राम्रो र सन्तुलित रक्षा बल बनाइने बताए।

गत वर्ष राज्यको विदेशी सञ्चिति सकेपछि श्रीलंकामा आर्थिक संकट लागेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *