लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो।
अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए।
सरकारलाई समर्थन गर्नेबारे आधिकारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव नआएको बताए।
‘सरकारलाई समर्थन गर्न माग गर्दै प्रचण्ड र ओलीबाट हामीलाई कुनै आधिकारिक प्रस्ताव आएको छैन,’ उनले भने, ‘हामी पुरानै गठबन्धनमा छौं, कांग्रेसले सरकारलाई समर्थन गर्छ कि प्रतिपक्षमा बस्छ हेर्दैछौं। कांग्रेसले पनि हामीसँग केही कुरा गरेको छैन।’
उनले सरकारबाट समर्थनका लागि प्रस्ताव नै नआएकोले सरकारमा जाने वा नजाने भन्ने विषयबस्तुबारे छलफल आवश्यक नरहेको बताए।
उनले सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न पार्टीले निर्देशन दिएको बताए प्रतिनिधि सभामा लोसपाबाट ४ जना सांसद छन्। यो खबर सेतोपाटी खबर मा छ ।