उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा रवि को दाबी !

उज्यालो खबर मुख्य खबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए।

‘उपप्रधानसहित गृहमा मेरो दाबी हो,’ लामिछानेले भने, ‘उपप्रधानमन्त्री कति जना बनाउने प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।’ उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था नरहेकोले अरूलाई समर्थन गर्नुपरेको पनि बताए।

रास्वपाले पनि सरकारको नेतृत्व गर्ने प्रस्ताव यसअघि राखेको उनको भनाइ थियो। उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने पनि बताएका थिए।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। शपथसँगै प्रधानमन्त्रीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि लामिछानेले जानकारी दिए।

सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *