नेपालगंज । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरियको भदौ १९ गते को निर्णयअनुसार आइतबार युवानेता मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । यस्तै सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए ।
एमाले नेता एवम सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति अध्यक्ष भक्तबहादुर केसीले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको समितिको अध्यक्षमा नियुक्त गरिएको हो । मल्ल नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव हुन् । सदस्य केसी काँग्रेस र खान जसपा सम्बद्ध हुन् ।
