भरुवा बन्दुकसहित दाङमा १ जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

१२ भदौ, दाङ । दाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ कटरूवा बस्ने ४२ वर्षीय रामबहादुर चौधरी रहेका छन् ।

उनलाई शनिवार गढवा प्रहरीले ज्योती सामुदायिक वनमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको हो ।

चौधरीकौ साथबाट प्रहरीले लोड गरिएको एक थान भरुवा बन्दुक, १२६ वटा फलामको छर्रा र १९ वटा गोलीसँगै २०० ग्राम बारूद बरामद गरेकाे छ ।

उनी माथि आबश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यो खबर अनलाईन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *