नेपाली संगीत बजारमा पृथक सांगीतिक धारलाई भित्र्याउने श्रेय लोकप्रिय गायक तथा रचनाकार, संगीतकार किरण बाबु पुन लाई जाने गरेको छ । संगीतको लामो यात्रमा शब्दरसंगीतसंग सहयात्रा गरिरहेका सर्जक पुनको बहुप्रतीक्षित गीत क्षितिज पारी २ नजरबन्दमा बजारमा आएको छ । उक्त गीत छोटो समयमै दर्शक श्रोताकोअपार माया पाउन सफल भएको छ।
आज भन्दा १० बर्ष अघि लोक संगीत क्षेत्रको लागि फरक धारको गीत क्षितिज पारी उनको बस्तीमा बजारमा आएको थियो। जुन गीत अझैपनि लोकप्रिय छ । । सोही गीतबाट फरकधारलाई भित्र्याउन सफल भई श्रोता दर्शकको अपार माया पाएको त्रिवेणी समूह रामजी खाँण, किरण बाबु पुन र टीका पुनको लगभग एक दशकपछि क्षितिज पारीकै सिक्वेल क्षितिज पारी २ नजरबन्दमा बजारमा आएको हो । यक्त गीत छोटो समयमै चारैतिर चर्चा चुलिएको छ।
नजरबन्दमा गीतमा किरण बाबु पुनको शब्दरसंगीत तथा रामजी खाँण र टीका पुनको आवाजमा शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो भने उक्त गीतको एरेन्ज कमल सौराग, रेकर्डिङ्ग सागर पुन र मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।
नजरबन्दमा को भिडियोमा किरण बाबु पुनको कथामा, रामजी खाँण र सारिका केसीले अभिनय गरेका छन । गीतको निर्देशन र सम्पादनमा राजकुमार मगर, छायांकनमा करण चैंसिर, मेकअप अनिमेश गुरुङले गरेका छन् । यो गीत किरण बाबु पुनकै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
भिडियो हेर्नुहोस