तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो !

उज्यालो खबर मुख्य खबर

ठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडान भरेको उक्त जहाज मुस्ताङजिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङकाे लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन(एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए। भेटियो यो खवर बिकास न्युजमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *