पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे ।

एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी एमालेका सापकोटाले ८ हजार ३५१ मत ल्याए ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् । नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भए ।

यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले चुनावी मैदान थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *