एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण !

उज्यालो खबर मुख्य खबर

मस्को । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *