मध्यपहाडी लोकमार्गमा बस भित्तामा ठोक्किँदा १४ जना घाइते !

उज्यालो खबर मुख्य खबर

रुकुम : मध्यपहाडी लोकमार्गमा बस भित्तामा ठोक्किँदा १४ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको रात्री बस मुसीकोट नगरपालिका ७ मा भित्तामा ठोक्किएको हो ।

घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गुडिरहेको गाडी भित्तामा ठोक्किएको थियो । २२ जना यात्रु बोकेको उक्त बस मध्यपहाडी लोकमार्ग भएर पोखरा हुँदै काठमाडौं पुग्नका लागि छुटेको थियो ।

बसको अगाडिको भागमा क्षती भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *