कांग्रेस खजुरा ३ को उपसभापति पदबाट उत्सव सिजालीले दिए राजीनामा !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : स्थानीय तहको निर्वाचनले बाँकेका स्थानीय तह तातिदै गएको बेला नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ का उपसभापति उत्सव सिजालिले पार्टीबाट राजिनामा दिएका छन् ।

सिजालिले घरायसी र ब्यवसायिक कारण देखाउदै नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर तिनको उपसभापतिको पदबाट राजिनामा दिएका हुन् । उनले राजिनामा पत्रमा अगाडी लेखेका छन्, ‘आफ्नो ब्यक्तिगत साथै ब्यवसायिक क्रियाकलापमा असर परिरहेको हुँदा पार्टीले दिएको यस पदमा समय पनि दिन नसकि रहेको अवस्थाले गर्दा म आफ्नो पदबाट राजिनामा गर्दछु ।’

स्थानीय तहको चुनावको मुखमा सिजालीले दिएको राजिनामाले आश्चर्य चकित बनाएको छ । सिजालीले राजिनामामा घरायसी र ब्यवसायिक कारण भने पनि राजनैतिक अर्थ लुकेको बताइएको छ । खजुरा गाउँपालिकामा युवा जमात संग राम्रो पकड रहेको सिजालीको राजिनामालाई कांग्रेसले कसरी लिन्छ भन्नेमा धेरैको चासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *