टर्कीको इस्तानबुलमा रूस र युक्रेनबीच वार्ता हुने !

उज्यालो खबर मुख्य खबर

रूस र युक्रेनबीच यसै साता टर्कीमा वार्ता हुने भएको छ।

दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको तयारी भइरहेको छ।

गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएका थिए। ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले भर्चुअल संवाद गर्दै आएका थिए।

इस्तानबुलमा दुबै पक्षका वार्ता टोली सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ।

टर्की सरकारले वार्ता सबै तयारी भइसकेको बताएको छ। वार्ता आज (सोमबार) देखि नै सुरू हुने र बुधबारसम्म हुने युक्रेनी वार्ताकारले बताएका छन्।

उत्तर अमेरिकी सन्धी संगठन नेटोको सदस्य राष्ट्र भए पनि टर्कीले रूस-युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ।

मार्चको सुरूआतमा टर्कीले रूस र युक्रेनका विदेश मन्त्रीबीच भेट गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *