सडक निर्माणका क्रममा पहिरोले स्काभेटर पुरिँदा सडक अवरूद्ध !

उज्यालो खबर मुख्य खबर

सल्यान चैत ९ गते ।
सडक निर्माणका क्रममा झरेको सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरूद्ध भएको छ।

सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो।

पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। घटनास्थलमा अर्को एउटा स्काभेटर भए पनि सडक खुलाउन सकेको छैन।

प्रहरीकाअनुसार दाङबाट अर्को स्काभेटर लगेर पहिरो हटाउने तयारी छ। आज दिउँसोसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *