फगुन ३०, जाजरकोट ।
नेत्रविक्रम चन्द (विप्लव) नेकपा निकट यूवा संगठन नेपाल जाजरकोटले स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीलाई कालोमोसो र जुत्ताका माला लगाएर कारबाहि गरेको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।संगठनका जाजरकोट जिल्ला ईन्चार्ज विवश र अध्यक्ष डि.आर.ले आज सोमबार एक संयुक्त बिज्ञप्ती जारी गरेर भ्रष्टाचारी, कमिसनखोर, अनियमितता, मनोमानीको आरोप लगाउनदै कालोमोसो र जुत्ताको माला लगाइएको जानकारी दिनुभयो ।
बिज्ञप्तीमा संगठनले ६ महिनासम्म अनुसन्धान गरेर प्रमुख जैसीका थुप्रै अनियमिता भेटाएको जनाईएको छ । कार्यालय प्रमुखको जिम्मेवारीबाट राजिनामा नदिएमा थप कारबाहि गरिने समेत जनाईएको छ । विज्ञप्तीसँगै जैसीलाई कारबाहि गर्नुका कारणहरु पनि उल्लेख गरिएको छ ।
यो खवर अनलाइनतहल्का म छ