दोहोरो अंकको सेयर बजारमा गिरावट, कारोबार रकम २ अर्बमा सिमित

उज्यालो खबर मुख्य खबर

काठमाडौं : कारोबारको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। बुधबार सूचक ३०.३६ अंकले घटेर २५ सय १४.५८ विन्दुमा अडेको छ। सूचक घटेसँगै कारोबार रकम २ अर्बमा सिमित भयो।

यसदिन २२९ कम्पनीको  ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भयो। कारोबारमा आएका १३ समूहको सूचक घटेको छ।  व्यापारको सूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको हो। यस्तै विकास बैंकको सूचक २.३३ प्रतिशतले घट्दा वित्त समूहको २.१५ प्रतिशतले घटेको छ।

यस्तै निर्जीव विमाको १.७५, लगानीको १.७१, अन्यको १.२७ र जलविद्युतको १.८ प्रतिशतले सूचक ओरालो लागेको हो।  यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

नेपाल दूरसंचार कम्पनी १० करोड ५२ लाख रुपैयाँको सेयर खरिदबिक्री गरी पहिलो स्थानमा रह्यो। एनआइसी एसिया बैंक १० करोड ४८ लाख रुपैयाँको कारोबार गरी दोस्रो स्थानमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *