चीन र नेपालको उत्तरी नाका समस्याबारे चीनसँग छलफल

उज्यालो खबर मुख्य खबर

काठमाडौं : चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चीनसँग आग्रह गरेको छ। मन्त्रालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले भने, ‘उत्तरी नाकालाई सञ्चालन गराउन सरकारले आफ्नो तर्फबाट पहल गरिरहेको छ।’

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी सँगको एक घण्टा लामो छलफलमा पनि उत्तरी नाकाको समस्याको प्रस्ताव राखेको बताए। ‘चीनले कोभिडको कारणबाट देखाएको छ। आर्थिक रूपमा हामीलाई आप्ठ्यारो परिरहेको छ। हामीले खर्बौंको आयात गरेका छौं। निर्यात शून्य सरह छ। सीमा नाकाका विषयमा चीन पनि सकारात्मक छ,’ उनले भने।

भारतसँगका समस्याका विषयमा बोल्दै उनले भने, ‘अहिलेको सरकारका न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत पूर्वदेखि पश्चिमसम्मका सीमासम्बन्धी समस्या वार्ताबाटै समाधान हुन्छ।’ भारतसँगको घनिष्टतालगायत अन्य सहकार्यका विषयमा मन्त्रालय लागिपरिहेको उनको भनाइ छ।

रूस युक्रेनका विषयमा बोल्दै उनले राष्ट्रसंघको ११औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको बताए। ‘युक्रेन आफैँमा सार्वभौम सम्पन्न राष्ट्र हो। रूसले विश्वशान्ति खल्बलाउने काम गरेको छ। विश्व शान्ति, सहअस्तित्व, मानवअधिकार, समान सर्वभौमिकता आत्मसाथ गर्दै युक्रेनको पक्षमा नेपाल उभिएको हो।’

साभार अन्नपुर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *